ताप्लेजुङ,/ताप्लेजुङको पाथीभरा क्षेत्र बिकास समितिले पवित्र धार्मीक स्थलमा दर्शन गर्न आउनेलाई सहज ब्यस्थापनको लागी शौचालय निर्माण गरेको छ । मन्दिरको दर्शनका लागि आउने तिर्थयात्री र भत्तजनको सहजताका लागि समितिले शौचालय व्यवस्थापन निर्माण गरेको हो । माथिल्लो फेदीबाट पाथीभरा मन्दिरसम्म पदमार्गको ४ ठाउँमा शौचालय निर्माण कार्य गरिएको छ ।उत्त निर्माण कार्य करिब ८४ लाख रुपयँकोे बजेट मार्फत ठाउ–ठाउँमा ४ कोठे शौचालय निर्माण गरिएको छ । चन्द्रमा ढुगाको छेउमा १८ लाख रुपियाँ र ठुलो घण्टी रहेको स्थान बाट करिब ५० मिटर तल २४ लाख रुपियाँको लागतमा शौचालय निमार्णको कार्य सम्पन्न भएको छ । हरियो पार्टी छेउमा २० लाख र रमिते चौतारीको छेउमा २२ लाख रुपियाँको लागतमा निर्माण कार्य जारी रहेको पाथीभरा क्षेत्र बिकास समितिले जनाएको छ । दुई स्थानका शौचालयको कार्य करिब ८० प्रतिशत सम्पन्न हुदैगरेंको पनी समितिले जनाएको छ । पुराना शौचालय हरुको समेत पुनरनिर्माण गरिनुका साथै व्यवस्थापन गरिएको र टुट फुट भएका मर्मत कार्य सम्पन्न गरेपछि शौचालयको नियमित सरसफाईमा कर्मचारीको समेत व्यवस्था गरिने र शौचालयका लागि तत्कालै फाइबर ट्रष्टमार्फत पानी संकलन गरिने ड्रममा जम्मा गर्ने जस्ता कार्य जारी रहेको पाथीभरा क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक हाङबाङले बताउनु भएको छ । कार्य सञ्चालनका लागी भने २० लाख रुपियाँको रकम खर्चिएको र हरेक स्थानका लागि एकएक हजार लिटर क्षमताका अनुसार चार–चार ओटा ड्रम राखेर नियमित पानीको व्यवस्थान गर्ने पानीको दीर्घकालिनका लागि समेत कार्य सुरु भएको र आगामी आर्थिक वर्षबाट नै काम सुरु हुने तयारी रहेको निर्देशक हाङबाङले बतउनु भयो ।








