समय : ११:०३ am | शनिबार , भाद्र २७ गते २०८३

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक,

सेवालुङ खवर | फागुन २३ गते २०८१

बर्दिवास/होली पर्व नजिकिँदै गर्दा गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गतेबाट युट्युबमा रिलिज गरिएको हो ।गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने योगेश काजीको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ ।म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, ूयो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।👇https://youtu.be/BLb29WdRlb4?si=AgxSh--o_KdcYA-U/ Nepali Apps Ghar

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्