ताप्लेजुङ,/ प्रदेश नं. १ को नाम कोशी नामाङ्कन भएपछी कोशी नामाङ्कनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिनको घोषणा गर्दै विरोध सभा गरेका छन् । पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो दिन भन्दै प्रदेशको विभिन्न स्थानमा विरोध सभा आयोजना कार्यक्रम गरिएको हो । संघर्ष समितिको संयोजक तथा किरात याक्थुङ चुम्लुङ् संघीय अध्यक्ष प्रदेश प्रेम एक्तेनका अनुसार पहाडि जिल्लाहरुमा सदरमुकाम केन्द्रित कार्यक्रम साथै तराईका जिल्लाहरुमा विभिन्न स्थानहरु केन्द्रित गर्दै कार्यक्रमको आयोजना गरिने पुनः नामाङकन संयुक्त संघर्ष समितिले जनाएको छ । गत वर्ष अघि २०७९ फाल्गुन १७ गते कोशी नामाकरण प्रदेश सभाले गरेसँगै प्रदेश नं. १ अशान्त बनेको थियो । आन्दोलनको क्रममा २०७९ चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शनको क्रममा घाइते भएका पदम कुमार लिम्बु लाजेहाङ सुक्वाबा घाइते भई चैत्र १० गते देहन्त भई शहिद भएका थिए । भने दर्जनौें आन्दोलनको क्रममा घाइते भएका थिए । तर,पनी कोशी प्रदेश सरकारले हालसम्म पनि प्रदेश नामाकरण खारेज बारे कुनै पनी चासो नराखेको पहिचान पक्षधरका नेतृत्वहरुले बताएका छन् । विरोध सभा आयोजनामा नाराहरु, प्रदेशको नाम कोशी मुर्दावाद,! सहिद पदम कुमार लिम्बु लाजेहाङ अमर रहुन् ,! साथै पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाकरण गर,! भन्ने नाराका साथ सबै जिल्ला र क्षेत्रहरुमा विरोध सभा कार्यक्रम गरिने पुनः नामाकन संघर्ष समितिले जनाएको छ ।
पहिचान पक्षधरले कालो दिनको घोषणा ,फाल्गुन १७ गते विरोध सभा कार्यक्रम गर्दै,








