बर्दिवास/ सागर लम्साल र शिल्पा पोखरेलको अभिनय र भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत 'दे दन प्यार गोरीु सार्वजनिक भएको छ । यस गीतमा सागर लम्साल बले र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनकी टिमले काठमाडौंमा गरेका हुन् ।निर कुमारी विश्वकर्मा सविनाुको निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको प्रस्तुति समावेश गरिएको छ ।रुद्रसेन क्रिएसन प्रा।लि।को प्रस्तुति रहेको यो गीत दिलवालीु नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ।गीतलाई रुद्रसेन क्रिएसन प्रा।लि।को युट्युब च्यानलमा हेर्न सकिन्छ । उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।साभार nepaliappsg@gmail.com https://youtu.be/Iiwph4anWsw?si=uMDeRmpgIWulEYq5
भोजपुरी गीत ‘दे दन प्यार गोरीु सार्वजनिक,








