ताप्लेजुङ/ ताप्लेजुङको पाथिभरा होटलमा आज निमेष अविरलद्वारा प्रकाशन गरिएको ‘नदीको यात्रा’ कविता सङ्ग्रह विमोचन गरिएको छ । रुकमान थेवे लिम्बू ‘निमेष अविरल’ द्धरा प्रकाशन भएको कविता संग्रह आज सदरमुकाम फुङलिङ ४ पाथिभरा होटलमा विमोचन गरिएको हो । कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङकोे आयोजनामा उक्त कविता सङ्ग्रह सार्वजनिक गरेको थियो । अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङको प्रमुख आतिथ्यतामा विमोचन गरिएको थियो । निमेष अविरलद्वारा लिखित ‘नदीको यात्रा’ कविता सङ्ग्रह विमोचन गरिएको कवितामा साहित्यकार लेकाली कान्छा ‘मुक्कुम’ र दुखी महल तिम्सिनाले समीक्षा गरेकाथिए । कवितामार्फत आवाज विहीनहरुको आवाजहरु बुलन्द गर्दै भुइँ मान्छेहरुको दुःख, कष्ट र कष्ट र सङ्घर्षपूर्ण जीवन पहिचान गरी समाजमा रहेका वर्गीय खाडल हरुतर्फ राज्यको नजर पु¥याउने प्रयास गरेको छन् । शिक्षक पेशामा आबद्ध कवि अविरलले शिक्षक पेशामा आबद्धहरुलाई शिक्षक पेशामा आबद्ध हुन सक्ने बताएका छन् ।
निमेष अविरलद्वारा प्रकाशन गरिएको ‘नदीको यात्रा’ कविता सङ्ग्रह विमोचन








