ताप्लेजुङ/, ताप्लेजुङको माघ ३० पालिका अध्यक्ष स्तरीय निर्णयका आधारमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते बिहीबारका लागि सार्वजनिक बिदाको घोषणा गरेको छ ।पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले हस्ताक्षर गरी ‘जनयुद्ध दिवसको अवसर’मा भन्दै पालिकाभरी सार्वजनिक बिदाको घोषणा गर्नु भएको छ । लिम्बू २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।नेकपा९माओवादी०केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट लिम्बू अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा काँग्रेसका रवीन साम्रा(विकास) निर्वाचित हुनु भएको छ ।पालिका अध्यक्ष लिम्बूद्धारा जारी गरिएको सूचनामा फागुन १ गते बिहीबार फक्ताङलुङ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय,संघसंस्था,बैंक र बित्तीय संस्था एवम् शैक्षिक संस्था बिदा हुने उल्लेख छ ।साभार उज्यालो पोष्ट/









