ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ् गाउँपालिका अवस्थित सिंवा बजार र तपेथोकको केन्द्रमा होटल व्यवस्थापन तालिम सञ्चालन सम्पन भएको छ । फक्ताङलुङ् गाउँपालिकाको आर्थिक सहयोग र सिभिल ईन्निन्यर स्वःविनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानका आयोजना सम्पन्न भएको हो । होटल व्यवस्थापन तालिम सञ्चालनमा फक्ताङलुङ् गाउँपालिकाको प्रमुख स्वः सिभिल इन्जिनियर विनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानका अध्यक्ष तथा संरक्षक, लगायतका जिल्ला समन्वय उप प्रमुख वडा अध्यक्ष शिक्षक सुरक्षा कर्मी लगायत स्थानीय उपस्थिति मा सम्पन्न भएको स्मृति प्रतिष्ठान तथा संरक्षक तिल प्रसाद लिम्बू ले बताउनु भएको छ ।सो होटल तालिमका पमुख प्रशिक्षक रमेश कुमार गुरुङको संयोजकत्वमा सिवा बजार र तपेथोक केन्द्र मा ४०जनाले होटल व्यवस्थापन तालिम सञ्चालनमा भाग लिएका थिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका निम्ति पद यात्री,होटल व्यवसायी सम्बन्धित तालिम सम्पन्न गरिएको प्रतिष्ठानका प्रवक्ता भिङमारे हेल्लोक,लिम्बूले जानकारी दिएका छन् ।









