समय : ०८:३९ pm | आइतबार , भाद्र २८ गते २०८३

पाथीभरा केवलकार विवादः वार्ता मार्फत समस्या समाधानका लागि मेयर मादेनको आग्रह

सेवालुङ खवर | माघ १६ गते २०८१

ताप्लेजङ /फुङलिङ नगरपालिकाले जिल्लामा भएको केबलकार बिबादलाई लिएर भएको घटनालाई लिएर चिन्ता व्यक्त गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले आपसी संवाद, वार्ता, सबै पक्षसंग समन्वयको अपिल समेत गरेको छ ।मंगलबारबाट सुरु भएको अनिश्चितकालीन बन्दले कसैलाई फाइदा नहुने उल्लेख गर्दै यस्ता गतिबिधि नगर्न पनि नगरपालिकाले बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।बन्द र हड्तालले सर्वसाधारण नागरिक, बैँक तथा बित्तीय संस्था, शैक्षिक संस्था मारमा पर्ने जनाउँदै बन्द हड्ताल फिर्ता लिई वार्ता मार्फत समस्या समाधानका लागि आग्रह गरिएको मेयर अमिर मादेनद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । नगर कार्यपालिकाको २०८१ साल भदौ २१ गते बसेको बैठकले नगर क्षेत्र भित्र कुनै राजनितीक दल, संघ संस्था वा समुहले बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय भएको र मंगलबार बसेको बैठकले बन्द र हड्ताल गर्न नपाउने निष्कर्ष निकालेको बताइएको छ । विज्ञप्तिमा संवाद र सहमतिका आधारमा सबैको स्वामित्व र अपनत्व हुनेगरी केवलकार निर्माण कार्य अघि बढाउन सहयोगको अपेक्षा समेत गरिएको छ । नगरभित्रका जनप्रतिनिधिलाई जिल्ला बाहिर आवतजावतमा रोक लगाइने घोषणाको भत्र्सना समेत बिज्ञप्तिमा गरिएको छ । गत माघ १३ गते बिभिन्न संघर्ष समिति तथा ‘नो केवलकार’ पक्षधरहरुले मेयर मादेनलाई बंशगद्धारको संज्ञा दिँदैै जिल्ला बाहिर जान रोक लगाउने घोषणा गरेका थिए । साभार बिक्रम लाम्गादे रेडियो तमोर,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्