समय : ०१:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ,भानुका पूर्व विध्यार्थीहरुले जम्वो स्मारिका निकाल्दै,

सेवालुङ खवर | पौष २९ गते २०८१

काठमाण्डौं / पौष २८ गते आईतवार, अनाम नगरको तमु वौद्ध भवनमा भानु एल्मुनाई समाज(भानुका पूर्व विध्यार्थीहरुको संस्था) कार्य समितिको वैठक सम्पन्न भयो । समितिका अध्यक्ष ई. मेघेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको वैठकले आगामी माघ २१ गते सोमवार सरस्वती पुजाको दिन हीरक महोत्सव (डायमन्ड जुव्ली)को उपलक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानमा नौमती पञ्चे वाजा सहितको झाँकीका साथ नौसय पृष्ठ लामो भानु स्मारिका पुस्तक प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेद्वारा लोकार्पण गरिने योजना भएको कुरा समितिका सचिव एवं स्मारिकाका सम्पादन मन्डल प्रमुख टंक श्रेष्ठले वताऊनुभयो । त्यस्तै आर्थिक समितिको संयोजक एवं पूर्व विराटनगर महामहानगर पालिका प्रमुख ध्रुव नारायण श्रेष्ठले भानुसंग सम्वन्धित पूर्व विध्यार्थी लगायत हरेक चन्दादाताले दिनुभएको प्रत्येक हरहिसाव पारदर्शी ढङ्गले उठाईने र पुस्तक प्रकाशमा लागेको खर्च र महोत्सवमा लागेको लागत उठाई भानुकै हितमा या जिल्लाकै हितमा जेहेन्दार विध्यार्थीहरुको अक्षयकोष खडा गरी विसुद्ध सामाजिक हितमा लगाईने कुरा वताउनुभयो । उक्त स्मारिका निकाल्न अन्तिम अन्तिम चरणमा पुगेको त्यसैले स्र्वेच्छिक आर्थिक पनि उल्लेख्य मात्रामा देशविदेश वाट धमाधम उठिरहेको कुरा आर्थिक समितिकी सह कोषाध्यक्ष मन्जना श्रेष्ठले वताउनुभयो ।भानु एल्मुनाई समाज (भानुका पूर्व विध्यार्थीहरुको साझा संस्था) गतवर्ष काठमाण्डौमा रहेका पूर्व विध्यार्थीहरुको वृहत भेलाले र्ईन्जिनियर मेघेन्द्र कु. श्रेष्ठ (भानुका पहिलो फस्टडिभिजन) को अध्यक्षतामा खोलिएको कानुनी रुपमा दर्ता भएको पवित्र जनसेवा र मुनाफा रहित संस्था हो । यसको मुख्य उद्देश्य भनेको देशविदेश संसारमा छरिएका प्रत्येक पूर्व भानुका विध्यार्थीहरु एउटै छहारी मुनि वसी (आवद्वभै) एकआपसमा चिनजान, सरसहयोग, वन्धुत्वको भावना लिई भानुकै पूर्व विध्यार्थीहरुको हकहितको निम्ति विसुद्ध सामाजिक कार्य गर्ने पवित्र परोपकारी संस्था रहेको कुरा कार्य समितिकी सदस्य एवं पूर्व प्र.अ. विमला सुव्वा सेनेहाङले वताउनु भयो । साथै वैठकले काठमाण्डौमा रहनुहुने सम्पूर्ण भानुका पूर्व विध्यार्थीहरु र ताप्लेजुङेलाई आगामी माघ २१ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मध्यान्न १२ वजे कार्यक्रममा उपस्थित जनाईदिनुहुन सवैलाई खुल्ला आव्हान गर्यो ।स्मरणीय रहोस – वि.सं. २००६ साल सुदुर पूर्वको ताप्लेजुङ स्थित राणा शासनकै समयमा समाजसेवी सुव्वा हर्कजङ मादेनको अध्यक्षतामा खोलिएको भानु जन माध्यमिक विध्यालमा अध्ययन गर्ने विध्यार्थीहरू मन्त्री, माननीय, सचिव, राजदुत, निर्वाचन आयुक्त, न्यायाधीश, गभर्नर, अञ्चलाधिश, जर्नेल, एआईजिपी आदि विभिन्न राष्ट्र सेवक उच्च पद देखि प्रकान्ड विद्धानहरु जन्माईसकेका छन । आजकल उक्त विध्यालय उच्च मावि पनि पढाई हुनेगरेको छ । साभार:चन्द्र मादेन आन्छन,

फोटो: तस्विर चन्द्र मादेन आन्छन,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्