समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

सेवालुङ मा.विद्यालय इखाबुले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि,

सेवालुङ खवर | पौष २८ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सेवालुङ माध्यमिक विद्यालय इखाबुले उपाधि हात पारेको छ । १० स्वर्ण,२ रजत र ३ कास्य सहित १५ पदकको सेवालुङ माध्यमिक विद्यालयले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान उपाधि हात पार्न सफल भएको हो । सुनदेवी मा.वि इखाबु ५ ले स्वर्ण,४ रजत र ५ कास्य सहित १४ पदकका साथ दोस्रो भएको थियो । पार्वती मावि तापेथोक ४ स्वर्ण,७ रजत र १ कास्य सहित १२ पदकका साथ तेस्रो भएको गाउँपालिका स्रोतले बताएको छ । तापेथोकको सरस्वती मावि ३ स्वर्ण,४ रजत र ५ कास्य सहित १२ पदकका साथ चौथो हुँदा ३ स्वर्ण र १ रजत गरी ४ पदक सहित पाँचौं स्थान ओगट्न सफल भएको थियोे । २ स्वर्ण, ५ रजत र ५ कास्य सहित १२ पदक सहित रविकला मावि सावादिन छैटौं र १ स्वर्ण तथा ४ कास्य सहित ५ पदकका साथै आर्दश मावि खेजेनिम सातौं भएको छ । स्वर्ण र रजत विहिन खेजेनिम माविले २ कास्य पदक प्राप्त गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्