समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

याक्थुङ ज्ञान महाेत्सव धरानमा विज्ञहरूकाे प्रस्तुति जारी,

सेवालुङ खवर | पौष १४ गते २०८१

याक्थुङ ज्ञान महाेत्सव धरानमा विज्ञहरूकाे प्रस्तुति जारी, २९ डिसेम्बर, विजयपुर । याक्थुङ ज्ञान महाेत्सवकाे दाेस्राे दिन पनि विभिन्न कार्यपत्रहरू प्रस्तुत हुनका साथै समूह बहस भएका छन् ।धरानकाे लाङ्घाली सामुदायिक भवनमा शनिबारदेखि सुरु भएको महाेत्सवकाे दाेस्राे दिन सात कार्यपत्रहरू प्रस्तुत भएका छन् । साथै, दुई समूह बहस भएका छन् ।सिक्किमका विवेक सुब्बा(नाल्वाे)ले ‘इन्डिजिनियस फेमिनिज्म एन्ड कल्चरल एपिस्टिमाेलाेजी इन दि याक्थुङ लिम्बु ट्राइब ‘ शीर्षकमा पत्र प्रस्तुत गरे । जहाँ नारीवादकाे चर्चा गरे । त्यसउपर साङ्सेन पङ्धाकले टिप्पणी गरेका थिए ।लेक्चरर सुवास तेयुङले ‘याक्थुङ जीवन, मृत्युु र ञसमाधिस्थल’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रमा समाधिस्थलकाे महत्त्व र अवस्थाबारे जानकार र तथ्यहरू समावेश गरे । त्यसउपर, मानवशास्त्री डीबी आङबुङले टिप्पणी गरे ।त्यस्तै, डीबी आङबुङले ‘म काे हूँ र हाम्रो पहिचान के हाे?’ शीर्षक उपर कार्यपत्र प्रस्तुत गरेका थिए । जसको टिप्पणी प्राज्ञ मुनाराज शेर्माले गरेका थिए ।यसैगरी, मुन्धुम मन्थन शीर्षकमा समूह बहसमा डीबी आङबुङ, डा. कमल तिगेला, चित्र वनेम र एमएस फागाे सहभागी थिए । जुन सत्रकाे साङ्सेन पङ्धाकले सहजीकरण गरेका थिए ।सिक्किमबाट आएका बुद्धिदास पङ्धाकले ‘सिक्किममा याक्थुङ तथा साहित्यकाे विकास’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । जसउपर अमित थेवेले टिप्पणी गरेका थिए ।त्यस्तै, प्राज्ञ दिलेन्द्र कुरुम्वाङबाट ‘याक्थुङ भाषा विज्ञान वा लेखन पद्धति’ उपर प्रस्तुति दिए । त्यसपछि, ‘सिर्जनामा पहिचानकाे आन्दोलन र सर्जकहरूकाे भूमिका’ शीर्षकमा गरमागरम समूह बहस भएको थियोे । जसमा प्राज्ञ मुनाराज शेर्मा, उन्मुक्त पुस्ताका कवि मुक्तान थेबा, यालेस अध्यक्ष एवम् कवि प्रकाश थाम्सुहाङ र कवि प्रदीप मेन्याङ्वाे सहभागी थिए । प्यानल बहसलाई राेहित आङ्वाले सहजीकरण गरेका थिए ।अर्को सत्रमा,‘जनआन्दोलनपश्चात् विकसित लिम्बुवान आन्दोलन’ शीर्षकमा आङबुहाङ अबाेध अविरलले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसउपर नरप्रसाद लुम्फुङ्वाले टिप्पणी गरेका थिए । अन्तिम सत्रमा एलबी पालुङ्वाले ‘आदिवासी अर्थतन्त्र : याक्थुङ समुदायको विकास’ विषयमा पत्र प्रस्तुत गरे । त्यसउपर सूर्य याेङहाङले टिप्पणी दिए ।लिम्बुवान आन्दोलनउपर कार्यपत्र प्रस्तुत गर्दै आङबुहाङ अबाेध अविरल ।याक्थुङ लिम्बु समुदायका विविध पक्षहरूमा प्राज्ञिक बहस र पुस्तान्तरण गर्ने ‘बाैद्धिक ज्ञान आदानप्रदान र पुस्तान्तरणका लागि’ नाराका साथ याक्थुङ युवा मञ्चको आयाेजनामा शनिबारदेखि सुनसरीको तीन दिने ज्ञान महाेत्सवकाे तेस्रो संस्करण सुरु भएको थियोे ।महाेत्सवकाे अन्तिम दिन प्रा.डा. महेन्द्र लाओती, बुद्धछिरिङ माेक्तान, कुमार लिङ्देनहरूकाे पहिचानकाे राजनीतिउपर र चलचित्र कर्मीहरू नवीन सुब्बा, उपेन्द्र सुब्बाकाे चलचित्र सम्बन्धि र कविहरू पराजित पाेमु र प्रदीप याेङहाङकाे इतर अभियान बारे समूह बहस हुनेछ । त्यस्तै, दिलविक्रम आङ्देम्बे, हितराम तिल्लिङ, अमित थेवेहरूले कार्यपत्र प्रस्तुत गर्ने आयोजक याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गाेले बताए । साभारः , नेपाली समाचार डटकम,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्