समय : ०२:५७ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङलुङ् गाउँपालिकामा कोचिङ पढाउनको लागी विद्यालयलाई डेढ लाख,विनियोजन,

सेवालुङ खवर | पौष ३ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कोचिङ पढाउनको लागी विद्यालयलाई डेढ लाख रुपैयाँ,सम्म विनियोजन भएको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाउनका लागि माध्यमिक विद्यालयलाई १ लाख ५० हजार र कक्षा ८ सम्मका लागि १ लाख रुपैयाँ सम्म दिने निर्णय गरेको हो । कक्षा ८ को परीक्षा केन्द्रीकृत गर्ने र ५ को परीक्षा टोलका विद्यालय मिलाएर गर्ने र परीक्षा र नतिजामा गत वर्ष देखिनै कडाइ गरिँदै आएका गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भएको छ । केहि तीन विषयमा विद्यार्थी कमजोर भएकोले कोचिङ कक्षा अवधारणा ल्याएको फक्ताङलुङ गाउँपालिकाले बताएको छ । गाउँपालिकाले शिक्षक हरूलाई त्रैमासिक रुपमा तलब भत्ता ब्यस्था गराउने निर्णय समेत गरेको हो । पुस ३ गते मंगलबार बोलाईको पालिकाभरिका शिक्षकहरूको ३२ जनामात्रै उपस्थित थिए भेलामा कर्मचारीको संख्या कम भएको र भौगोलिक विकट भएका कारण समेत शिक्षकहरू लाई मासिक रुपमा नै तलबभत्ता उपलब्ध गराउन सहज हुने गाउँपालिकाले जनाएको छ । घुन्सा, ओलाङचुङ गोलाका, शिक्षकलाई पालिका आउँदा,जाँदा पाँच दिन लाग्ने भएको हुदाँ बाल बालिकाको पढाइ असर हुने अध्यक्ष लिम्बुले बताउनु भएको छ । पालिकाभरि ४० वटा विद्यालय छन् र नेपाल सरकारले शिक्षकलाई मासिक रुपमा तलब दिन देशभरका पालिकालाई यस अघिनै निर्देशन गरेको थियो । गाउँपालिकाले बोलाएको बैठकको भेलामा बिना जानकारी अनुपस्थित हुने प्रधानाध्यापक र शिक्षकहरु लाई लिखित स्पष्टिकरण सहित १५ सय रुपैयाँ सम्म जरिवाना ताकिने निर्णयसमेत भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्