समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ् को फुङलिङ बजारमा लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व भव्यताका साथ मनए,

सेवालुङ खवर | मंसिर ३० गते २०८१

ताप्लेजुङ्/ ताप्लेजुङ् को फुङलिङ बजार तोक्मामा आज उधांैलि पर्वको अवसरमा लिम्बू समुदायले भव्यताका साथ कार्यक्रम चासोक तङ्नाम कार्यक्रम मनाएको छ । लिम्बू समुदायको चासोक तङ्नाम पर्व येले तङ्वेवा ५०८४ पूर्णिमाको दिन परेको हुनाले आज उधांैलि पर्वको अवसरमा लिम्बू समुदायले चासोक तङनाम मनाएको हो । किरात यक्थुङ चुमलुङ जिल्ला शाखा ताप्लेजुङको आयोजनामा उक्त चासोक तङनाम पर्व ताप्लेजुङ् को फुङलिङ बजारको विरेन्द्र चोक बाट ¥याली नाराका साथ तोक्माको शनिबारे हाट बजार लाग्ने स्थानमा मनाएका छन् ।“मुन्धुम रहे संस्कार संस्कृति रहनेछ, संस्कार संस्कृति रहे हाम्रो अस्तित्व रहन्छ भन्ने मूल नाराका साथ चासोक तङ्नाम पर्वको कार्यक्रम गराएको हो । कार्यक्रममा किरात याक्युड चुम्लुङ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङ्वो मादेन र कियाचु लिम्बुवान प्रदेश समितिको अध्यक्ष मधुराज केरुङको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु आयोजना गरि विभिन्न कार्यक्रम या,लाङ,केलाङ,धाननाच,पालाम,ख्याली हाक्पारे प्रस्तुती गरिएको थियो । साथै यक्थुङ चुमलुङ जिल्ला शाखा ताप्लेजुङले लिम्बू भाषा समाचार बाचकहरुलाई सम्मान पत्र वितरण गरेको थियो ।अन्य उपस्थितीमा कियाचु केन्द्रिय सदस्य,जिल्ला सल्लहकार जिल्ला सहायक प्रमुख नापी प्रमुख लगायत, सञ्चारकर्मी संघ संस्थाका प्रतिनिहरुका उपस्थिती रहेको चासोक तङनाम कार्यक्रम सञ्चालक सरोज कङलिवाले बताएका छन् । फोटो तस्विर बसन्त लिम्बू लाबुङ,

फोटो : तस्विर बसन्त लिम्बू लाबुङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्