समय : ०१:२६ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङलुङ गाउँपालिकामा, जम्मा ५२७ जनाले उपचार साथै सेवा लिए,

सेवालुङ खवर | कार्तिक २९ गते २०८१

ताप्लेजुङ/ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा ४ दिने निशुल्क दन्त तथा मुख सम्बन्धी शिविर सञ्चालन भएको छ । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा ४ दिने निशुल्क दन्त तथा मुख सम्बन्धी शिविर सञ्चालन भएको हो । त्यस्तै पहिलो दिनमै महिला ६६ जना र पुरुष ३७ जना गरि जम्मा १०३ जनाले उपचार सेवा लिएका थिए । उक्त ४ दिने शिविर सञ्चालन हुँदा ४ दिन सम्ममा ५ सय २७ जनाले उपचार साथै सेवा लिएका थिए । शिविरको चौथो दिन अन्तिम बिहिबार (सम्ममा) २२७ जना पुरुष र ३०० जना महिला गरि ५२७ जम्मा जनाले स्वास्थ्य उपचार साथै सेवा लिएको थियो । बिहिबार सम्म सञ्चालन भएको शिविरमा निशुल्क, दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, कीरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सक बाट भईरहेको फक्ताङलुङ गाउँ पालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले बताउनु भएको छ ।

फोटो:तस्विर साभार,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्