समय : ०३:४९ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको फुङलिङ नगरपालिकाले शिविर सञ्चालन गर्ने

सेवालुङ खवर | कार्तिक २८ गते २०८१

ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी मंसिर १ गतेबाट नगरपालिका भित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुको शिविर सञ्चालन गर्ने भएको छ । सबै वडाहरुमा शिविर सञ्चालन हुने अपाङ्गता परिचय पत्र वितरण, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन नगरपालिकाले गर्ने भएको हो । ११ वटा वडा रहेको नगरपालिका भित्र मंसिर १ गते वडा नं. ११ फावा खोलाको सिम्बु माध्यमिक बिद्यालय, मंसिर २ गते वडा नं. १० फुरुम्बु स्थित मयाम मा.बि, मंसिर ३ गते वडा नं. ३ स्थित बासु मा.बि मा शिविर सञ्चालन हुने फुङलिङ नगरपालिकाले जनाएको छ । यस्तै उहाँका अनुसार मंसिर ४ गते वडा नं. हाङदेवाको जनता मा.बि, मंसिर ५ गते १ नं. वडा कार्यालयमा शिविर सञ्चालन हुनेछ । मंसिर ६ गते वडा नं. ४ र ५ को उद्योग वाणिज्य संघमा तथा मंसिर ७ गते पनि ६ नं. वडाको सोही स्थानमा हुनेछ । यता मसिर ८ गते ८ नं. वडा स्थित सिद्धकाली मा. बि, मंसिर ९ गते ७ नंं. वडा कार्यालय तथा शिविरको अन्तिम दिन मंसिर १० गते २ नं. वडा कार्यालयमा शिविर मार्फत सेवा प्रवाह हुने नगरपालिकाले बताएको छ । शिविरमा नाँक, कान, घाँटी तथा आँखा सहितको स्वास्थ्य उपलब्ध हुने जनाएको छ । स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहहरुले प्रत्येक घर दैलोमा पुगेर कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले पनि प्रत्येक वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण साथै अपाङ्गता परिचय पत्र पनि बितरण गरेका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्