समय : ११:४७ am | शनिबार , भाद्र २७ गते २०८३

याक्थुङ स्टार सिजन २ को तुम्याङ् राउन्ड सम्पन्न,

सेवालुङ खवर | कार्तिक २६ गते २०८१

याक्थुङसा,निश्चल चेम्जङ,/याक्थुङ स्टार सिजन २ को तुम्याहाङ राउन्ड सम्पन्न गरिएको छ याक्थुङ इतिहास मा याक्थुङहरूको दोस्रो ऐतिहासिक खुल्ला गायन प्रतियोगिता सम्पन्न भएको छ । सो खुल्ला गायन प्रतियोगिता को प्रमुख अतिथि अन्तर्राष्ट्रिय युमा साम्यो महासभा समान समिति को सहकोष अध्यक्ष श्री दिनेश लङ्गुवा सचिव कान्छा को प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रम २०८१ सात महिना २४ गते बिर्तामोडको साही पार्टी प्यालेस मा भएको थियो।अन्तर्राष्ट्रिय खुल्ला गायन प्रतियोगिता का सीइओ ब्रसिस माबुहाङ ज्यूको अध्यक्षतामा भएको थियो । मुन्धुमी गायक तथा शब्द संगीतकार सञ्चमान ताम्लिङ ज्यू प्रमुख जजेज को रूपमा रहनुभएको थियो । त्यस्तैगरी शब्द संगीतकार तथा याक्थुङ गायक प्रमोद माबो र नेपाली गायनमा ख्याति प्राप्त तथा लिम्बु गायिका सुनिता संयोग समेत जजेज मा रहनुभएको थियो। सो कार्यक्रम मा जम्मा १२ जनामध्ये ६ जना चयन हुनुभएको छ। उक्त कार्यक्रम सञ्चालिका मिना नेम्बाङ रहेका थिए।

फोटो : याक्थुङसा,निश्चल चेम्जङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्