समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

फक्ताङलुङका कुम्भकर्ण हिमाल आधारशिविर क्षेत्रमा फोहोर संकलन

सेवालुङ खवर | कार्तिक १६ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङको कम्भकर्ण फक्ताङलुङ हिमाल आधारशिविर क्षेत्रमा फोहोर संकलन कार्य भएको छ । फक्ताङलुङ गाउँपालिका—६ अवस्थित महेन्द्र आधारभुत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहोर संकलन गरेको महेन्द्र आधारभुत विद्यालयले जनाएको छ । हिमालमा भएको फोहोर जन्य बस्तु विभिन्न प्रकारका,जस्तै प्लाष्टिक, खाद्य वस्तुहरूको खोल, कपडा आदि संकलन गरिएको थियो। कुम्भकर्ण हिमालको आधारशिविरमा पुगेका पर्यटक र तीर्थ यात्रीहरूद्वारा छरिएको विद्यालयका शिक्षकहरुले बताएका छन् । फोहोरको समस्याले सौन्दर्यको ह्रास स्थानीय पारिस्थिति प्रणालीमा गम्भीर असर पुर्याउने भएकाले फोहोर संकलन गरेको थियो ।आन्तरिक तथा बाह«य पर्यटकहरूले भ्रमणको क्रममा फोहोर फाल्दा, यसले प्राकृतिक वातावरणमा प्रदूषणको रूपमा हिमालको जैविक विविधता र स्थानीय जीवनशैली सौन्दर्यमा नकारात्मक असर पार्ने विद्यालयका शिक्षकहरुले बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्