ताप्लेजुङ – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न नगराउन आग्रह गरेको छ ।कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै चार्डपर्वका समयमा हुने यस्ता कार्य नगर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी सन्दिपा खड्काले जानकारी दिनुभयो । उहाँका अनुुसार देउसी भैलो लगायतका साँस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवमं व्यवस्थित ढंगले सञ्चालन गर्न र गराउन पनि प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । उल्लेखित कुराको बर्खिलाप हुने कार्य गरे संम्बन्धित निकायमा जानकारी गराउन पनि कार्यालयले अपिल गरेको छ । यस्तैै सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने, खेलाउने, भुइँचम्पा, पटका आतसबाजी जस्ता विपत निम्त्याउने तथा वातावरण प्रदुषण हुने बिष्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री बितरण जस्ता कार्य नगर्न अनुरोध गरिएको छ ।साभार रेडियो तमोर बाट,
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चार्डपर्वका समयमा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न अनुरोध,,








