समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

याक्थुङ स्टारका संयोजक ब्रोसिस माबोहाङ भारतको सिक्किम राज्यबाट सम्मानित हुने,

सेवालुङ खवर | कार्तिक ८ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङका याक्थुङ स्टारका संयोजक ब्रोसिस माबोहाङ (मनी) भारतको सिक्किम राज्यबाट सम्मानित हुने भएको छ । फाक्ताङलुङ गाउँ पालिका–४, सुङसाबोका बाबा टेक बाहादुर माबोहाङ याक्थुङ लिम्बू र आमा धन माया याक्थुङमा लिम्बू कोखबाट जन्मनु भएका कान्छो छोरा ब्रोसिस माबोहाङ याक्थुङ लिम्बू ज्युलाई भारत को राज्य सिक्किम सरकार पर्यटन मन्त्री टि. टि. भोटिया को उपस्थितिमा सम्मानित हुने,भएको छ । बलिहाङ ताङनाम अवसरमा भिविन्न स्ंथाबाट याक्थुङ मौलिकता बचाउ अभियानता याक्थुङहरुको २०१, मुन्धुम स्थलहरुलाइ याक्थुङ इतिहासमै पहिलो पल्ट रिसर्च गर्ने लगायत अन्य रिसच कर्ता इम्बिरि याङ्थाङ्वा खासाम तमोर याक्थुङ सभ्यतालाई बिश्व भरि प्रचार–प्रसार गर्न एकमात्र अभियानताको माबोहाङले थालनी गरका थिए । माबोहाङ अभियानता साथै अमर कृति म्युजिक प्रा.लि ताप्लेजुङका अध्यक्ष र याक्थुङ चुम्लुङ का सन्ञचार बिभाग प्रमुख पनी हुन् । याक्थुङ चुम्लुङ फक्ताङलुङ गा,पा अध्यक्ष अन्तर्राष्ट्रिय याक्थु स्टार का अध्यक्ष सि.ई.ओ. मात्र नभएर सम्योजकमा पनि रहेका छन् । युवा अभियानतामा लागेका माबोहाङ याक्थुङ इतिहासलाई धेरै योगदान दिनुभएको छ ।माबोहाङले याक्थुङ गित संगित धेरै एल्बमहरु रेकर्ड गराएका छन् । नेपालमा दर्जनौं गित सङगितहरु रचेका छन् र गाएको पनि छन् । त्यसैल माबोहाङ सानो उमेरमै युमा साम्यो नामक एवाड् र याक्थुङ चुम्लुङ नामक एवाड्ले सम्मान भएका थिए । माबोहाङले दर्जनौं याक्थुङ हरुको हराएको मुन्धुम स्थलहरुमा चोलुङ ढुङ्गा ,याकराङ्सिङ र सिलाम साक्मा को प्रतिमाहरु याक्थुङहरुको इतिहासमै पहिलो पटक राख्न सफल भएको थियो । माबोहाङले याक्थुङहरुको हराएको इतिहास मुन्धुम स्थलहरलाई दिनु भएको समय योगदानलाई उच्च मुल्यांकन गर्दै सिक्किमबाट सम्मान गर्ने याक्थुङ चुम्लुङ फाक्तालुङका मेम्बर प्रेमिका याक्थुङमाले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्