ताप्लेजुङ,ताप्लेजुङको फक्ताङलुङ् गाउँपालिकामा निशुल्क चारदिने दन्त सम्वन्धी शिविर सञ्चालन हुने भएको छ । उक्त दन्त सम्वन्धी शिविर सञ्चालन फक्ताङलुङ् गाउँपालिका,हेल्थ,केयर नेपाल,तथा,सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । शिविर सञ्चालन हुने वडा नं ५ स्थित तापेथोक आधारभूत अस्पतालमा हुने छ । बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे सम्म शिविर सञ्चालन हुने छ । शिविर सञ्चालन भने यही आउँदो मिती २०८१ कात्तिक २६ गते देखि २९ गते चार दिनसम्म हुने छ । दात सम्बन्धी विरामीहरु शिविरमा अनीवार्य उपस्थित भएमा निशुल्क औषधी उपचार शिविरले गर्ने छ । अनुभवी तथा दक्ष दन्त बिशेषज्ञबाट दाँत तथा मुखको स्वास्थ्य सम्वन्धी शिविरबाट हुने फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बताउनु भएको छ ।
फक्ताङलुङ् गाउँपालिकामा चारदिने दन्त सम्वन्धी शिविरहुने,








