समय : ०३:५० pm | आइतबार , भाद्र २८ गते २०८३

मिक्वाखोला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको वितरणमा केही ढिलाइ,

सेवालुङ खवर | असाेज २० गते २०८१

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका सबै वडाका लाभग्राहीहरूलाई वर्षको सामाजिक सुरक्षा भत्ताको वितरणमा अविरल वर्षाका कारण केही ढिलाइ भएको छ । चालु आर्थिक वर्षकोको पहिलो त्रैमासिक किस्ताकोभत्ता सुक्रबार देखि थलङमा रहेको प्रभु बैंकको शाखा र फुङलिङ नगरपालिकामा वितरण गर्न थालेको छ । गाउँ पालिकाले प्रभु बैंकसँग समन्वय गर्दै प्रत्येक वडामा भत्ताको वितरण गर्दै आएको भए पनि यस पटकको वितरमा अविरल वर्षाले समस्या उत्पन्न गरेको छ । विद्युत र इन्टरनेट सेवा ठप्प भएकाले समयमै सबै वडामा भत्ता वितरण गर्न असफल भएको जानकारी आएको छ । यस असुविधाका लागि गाउँ पालिकाले लाभ ग्राहीहरूलाई क्षमा प्रार्थना गरेको छ।गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले यस विषयमा जानकारी दिँदै भने, “हामी लाभ ग्राहीहरूलाई भएको असुविधाप्रति क्षमा प्रार्थी छौं । अविरल वर्षाको कारण वितरणमा भएको ढिलाइको समाधानका लागि आवश्यक कदम चाल्न प्रयासरत छौं।”गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको वितरण प्रक्रिया छिट्टै पुनःसुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्दै, लाभग्राहीहरूलाई प्रभाव कारीसेवाहरू प्रदान गर्न तत्पर रहेको जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्