समय : ०४:३५ pm | आइतबार , भाद्र २८ गते २०८३

बाढी पहिरोको असर दशैँमा पाथीभरा सुनसान,

सेवालुङ खवर | असाेज १८ गते २०८१

१८ असोज, ताप्लेजुङ समाचारदाता केही दिन अघि आएको बाढी र पहिरोको असर पाथीभरा मन्दिरमा पनि परेको छ । बाढी पहिरोले मेची राजमार्ग सहितका सडक अवरुद्ध हुँदा यहाँ आउने तीर्थयात्रीको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ ।पाथीभराको मुख्य सिजन मानिने बडा दशैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेकाछन् । गत वर्षको यसै दिन एक हजार १४८ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।बाढी, पहिरो, र सडक अवरोधका कारण भक्तजनहरूको उपस्थिति निकै घटेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । बाढीले मेची राजमार्ग अन्तर्गत हेवाखोला माथिको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा समेत बाढीले क्षति पुग्दा उक्त सडकमा यातायात ठप्प छ ।नेपालका प्रमुख शक्तिपीठहरू मध्ये पाथीभरा पनि एक हो । यहाँ विशेष गरि बडा दशैँदेखि चैते दशैँ सम्म अन्य समयको तुलनामा भक्तजनको सङ्ख्या धेरै हुन्छ । छिमेकी मुलुक भारत सहित नेपालका विभिन्न ठाउँबाट वार्षिक ३ लाख बढि भक्तजन पाथीभरामा आउने गर्छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्