समय : ०४:३५ pm | आइतबार , भाद्र २८ गते २०८३

स्वर्गीय रणबहादर लिङखिम स्मृति प्रतिष्ठाद्धारा खेलमैदान निर्माणका आर्थिक सहयोग प्रदान

सेवालुङ खवर | असाेज ९ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङमा स्वर्गीय रणबहादर लिङखिम स्मृति प्रतिष्ठानले खेलमैदान निर्माणका आर्थिक सहयोग प्रदान गरेको छ । बृटिस आर्मी स्वर्गीय लिङखिमको २८ औँ स्मृति दिवसको अवसरमा मैवाखोला माद्यमिक बिद्यालय तेम्बेको खेलमैदान निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । खेल–मैदान निर्माणका लागि नगद १ लाख १ हजार १ सय रुपैयाँ सहयोग उपलब्ध गराएको र बिद्यालयको खातामा जम्मा हुने गरि पठाइएकोे प्रतिष्ठानका सदस्य दिनेश लिङखिमले जानकारीदिनु भएको छ । प्रतिष्ठानले गत वर्ष अघि जिल्ला भित्रका एक बिद्यालयमा साढे दुई सय बिद्यार्थीलाई २ लाख ५० हजार बढीको शैक्षिक सामाग्री बितरण गरेको थियो । अन्य,जिल्लाका ४२ जना नेत्रहीन नागरिकलाई न्यानो कपडा तथा कोरोना संक्रमणको समयमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चार कर्मीलाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएको थियो । बि.सं. २००४ सालमा जन्मिनु भई रणबहादुर २०२५ सालमा बृटिस आर्मीमा भर्ती हुनु भएको थियो । २०४० सालमा सेवा निवृत्त हुनु भएका रणबहादुर लिङखिम को २०५३ साल असोज ९ गते निधन भएको थियो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्