समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन स्थानीयवासीको माग,

सेवालुङ खवर | भाद्र २७ गते २०८१

ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाका–३ का वडा अध्यक्ष वैदेशिक रोजगारीमा गएपछी वडा कार्यालय अध्यक्ष विहिन भएको छ । वडा कार्यालय अध्यक्ष विहिन भएपछी स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन माग गरेका हुन् । वडावासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् । वडाध्यक्ष दिलप्रसाद भने बोखिम २०८० साल कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । कार्यालय सञ्चालनको लागी कार्यवाहक अध्यक्ष मार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको भन्दै गुनासो गरेका छन् । वडा अध्यक्षको खोजी कार्य गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै स्थानीय वासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । अनुपस्थितिमा वडाका अन्य जन प्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाइ भएको पनी उनीहरूको भनाइ रहेको छ । गएको हप्ता स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले वडाका समस्या तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्