समय : ०२:५१ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ मा खोलाले बगाउँदा एक बालिका बेपत्ता

सेवालुङ खवर | भाद्र २२ गते २०८१

ताप्लेजुङ,,ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ मा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएको छ । पेदाङगाउँका स्थानीय टंक प्रसाद भण्डारीकी ६ वर्षीया छोरी सन्ध्या भण्डारीलाई शुक्रबार अपरान्ह काबेली खोलामा बगाएर बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङगेलीका अनुसार बालिका साथीहरूसँग माछाको भुरा समाउन“टिकटक“भनिने झरनामा गएको समयमा काबेली खोलामा खसेको थियो । परिवारलाई जानकारी नदिई गएका बालिका अपरान्ह ३ बजे खोलामा खसेको बताइएको छ । प्रहरी र स्थानीय टोलिले खोजी गरे पनि बालिकालाई हिजो साँझ सम्म फेला पार्न नसकिएको र आज बिहान देखि खोजी कार्य पुनःसुरु गरिएको प्रहरीले जानकारीगएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्