समय : ०२:५१ pm | आइतबार , भाद्र २८ गते २०८३

तीन महिनापछि ताप्लेजुङ–काठमाण्डौं उडान सुरु

सेवालुङ खवर | भाद्र २० गते २०८१

ताप्लेजुङ,ताप्लेजुङमा,भदौ १९ गते बुधवार बाट नेपाल वायु सेवा निगमले तीन महिनापछी ताप्लेजुङ–काठमाण्डौं उडान सुरु गरेको छ । ताप्लेजुङको सुकेटार बिमानस्थलमा गत जेठ ११ गते बाट कामाण्डौं–ताप्लेजुङ–उडान ठप्प भएको थियो । गत साउन महिनामा उडान तालिका राखेको भएपनि उडान भने हुन सकेको थिएन । मौसम खरावी कारणबाट उडान रोकिएको नेपाल वायु सेवा निगम ताप्लेजुङले जनाएको छ । उडान अब नियमित तालिका अनुसार हुने वायु सेवा निगमले जनाएको छ । मौसम अनुसार सातामा एकदिन बुधवार मात्रै उडान तालिका राखेको यात्रु भए उडान तालिका थप्ने योजना रहेको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्ममाचारीहरुले बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्