समय : ०१:५० am | आइतबार , कार्तिक १५ गते २०८३

घरेलु तथा साना उद्योग महासंघमा राजेन्द्रप्रसाद भारती र महिला उद्यम समितिमा बिष्णु श्रेष्ठ चयन ,

सेवालुङ खवर | भाद्र १७ गते २०८१

ताप्लेजुङ,भदौ १६ ताप्लेजुङमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यम समिति नयाँ नेतृत्व चयन भएको छ । घरेलु तथा साना उद्योग महासंघमा राजेन्द्र प्रसाद भारती र महासंघको महिला उद्यम समितिमा बिष्णु श्रेष्ठ चयन हुनु भएको छ । भारती र श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको बरिष्ठ उपाध्यक्षमा नरबहादुर सुनाम,प्रथम उपाध्यक्षमा हर्कराज गुरुङ,द्धितीय उपाध्यक्षमा मातृकादेवी प्रसाइँ चयन हुनुभयो । अघिल्लो कार्यकाल महासचिव रहनु भएका गुरुङ प्रथम उपाध्यक्षमा बनेपछि महासचिवमा पासाङरिता शेर्पा चयन हुनुभयो । सचिवमा कोपिला नेपाली र कोषाध्यक्षमा लिला सुनुवार चयन हुनु भएको छ । महासंघको सल्लाहकार संयोजकमा सन्तोष खतिवडा र सदस्यद्धयमा ज्ञानप्रसाद मिश्र र कुमार सिवा चयन चयन हुनुभयो । तीनैजना नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष हुनुहुन्छ ।यस्तै श्रेष्ठ अध्यक्ष रहेको महिला उद्यमी सम्मेलनले उपाध्यक्षमा शान्ति सिवा, सचिवमा नैनाकला गुरुङ र कोषाध्यक्षमा बिमाया शेर्पालाई चयन गरेको छ । घरेलु तथा साना उद्योग महासंघको नवौं तथा महिला उद्यम समितिको सातौं जिल्ला अधिबेशन सम्पन्न भएको हो । अधिवेशनको क्रममा पूर्व जिल्ला अध्यक्षहरु क्रमशःखतिवडा,मिश्र र सिवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय महासचिव डम्बर रेग्मी,कोशी प्रदेश अध्यक्ष अञ्जु उपाध्याय,ताप्लेजुङका सहायक प्रजिअ टंकबहादुर भट्टराई,घरेलु महासंघका मोरङका अध्यक्ष चेतन निरौला,इलामका अध्यक्ष दिनेश श्रेष्ठ र उदयपुरका महासचिव लेख बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । साभार उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्