समय : ०२:५७ am | शुक्रबार , असार ३२ गते २०८३

ताप्लेजुङको फक्तालुङ गागाउँपालिकामा लिम्बु,शेर्पा भाषाको सरकारी कामकाजी पारित,

सेवालुङ खवर | असार १४ गते २०८३

ताप्लेजुङको फक्तालुङ गागाउँपालिका स्थित लिम्बु शेर्पा भाषाको सरकारी कामकाजी प्रयोगमा २० औं गाउँ सभा अधिवेसनले पारित गरेको छ । फक्तालुङ गागाउँपालिका स्थित यस अघि किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङ र भाषा विज्ञहरुले केहि ज्ञापन पत्र बुझाएका थिए । उक्त भाषाको सरकारी कामकाजी प्रयोगमा ल्याउनको लागी प्रत्येक गागाउँपालिका स्थित पत्रहरुमार्फत जानकारी गराएको थियो । कामकाजी प्रयोगमा फक्तालुङ गागाउँपालिकाले मात्र २०औं गाउँ सभा अधिवेसनले सर्व सहमतीेले पारित गरेको फक्तालुङ गागाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ती) ले बतउनु भयो । यस अघि किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङ र भाषा विज्ञहरुले केहि ज्ञापन पत्र ताप्लेजुङको सबै स्थानीय तहहरुलाई बुझाएको र अन्य स्थानीय तहमार्फत बाँकी स्थानीयबाट भाषा कामकाजका लागी सल्लाह सुजाव भईरहेको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङका सचिव सरोज कङलिवाले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्