
ताप्लेजुङ — कोशी प्रदेशबाट ताप्लेजुङ हुँदै सवारीसाधन पहिलोपटक ५१ सय मिटर उचाइमा रहेको चीनको सिमाना टिप्ताला पुगेका छन् । दुई एक्स्काभेटर र एक जना ट्र्याक्टर चालक शुक्रबार दिउँसो द्विदेशीय सिमानामा पुगेका हुन् । ४४ करोडमा सडक निर्माणको जिम्मा पाएको एसबीए एलाइट कम्पनीले २०७४ फागुनदेखि काम थालेको थियो ।टिप्ताला पुगे गाडी निर्माण सुरु गरेको ६ वर्षपछि कम्पनीले ट्र्याक खोल्ने र मर्मतसमेत गरी ५७ किमि सडक निर्माणको काम पूरा गरेको हो ।उत्तर–दक्षिण ९मूलघाट–दोभान–ओलाङचुङगोला० सडक आयोजनाका प्रमुख सुदर्शन कार्कीले टिप्तालामा गाडी पुगेपछि ठेक्का सकिएको बताए‘अब तमोर करिडोरको जस्तै दुई लेनको सडक बनाउनका लागि ठेक्का खुलाउँछौं,’ उनले थपे, ‘अबको चाररपाँच वर्षमा सिमानासम्मकै दुई लेनको सडक निर्माण हुन्छ ।’ ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भन्ज्याङको दूरी ८५ किमि छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार अहिले निर्माण भएको सडकमा ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सिमानासम्मै पुग्छ । उनले अन्य सवारी भने लेलेप र ओलाङचुङगोला जोड्ने सुकेपानीको तमोर नदीमा तार्न नसकिने बताए ।सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलावासीको पनि महत्त्वपूर्ण योगदान छ । ओलाङचुङगोलामा जन्मेर बाहिर रहेकाहरूले सडक निर्माणका लागि दुई करोडभन्दा बढी रकम संकलन गरेर सिमानादेखि बस्तीसम्मको २४ किमि सडक खनेका थिए । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले भने, ‘स्थानीयले सुरुवात गरेको १० वर्षपछि आफ्नै देशबाट सवारी पुर्याएर सपना साकार बनायौं ।’उत्तर दक्षिण सडक योजनाका तत्कालीन आयोजना प्रमुख ९सडक विभागका सहसचिव० कुवेर नेपाली तुलनात्मक रूपमा कम लागतमा निर्माण गरिएको सडक भएको बताउँछन् ।भने, ‘यो सडक निर्माणमा चीनबाट पनि मेसिन ल्याएर खन्ने अभ्यास गरियो । छोटो दूरीको पनि छ र अरू सडकको तुलनामा कम लागतको सडक पनि हो ।’तमोर नदीको उद्गमस्थल समेत रहेको टिप्ताला भन्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मूलघाट, भेडेटार हुॅदै विराटनगरको रानी भन्सारसम्मको दूरी करिब तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ । त्यसैले यो सडक उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ ।कान्तिपूर दैनिक अनलाईन बाट
